Lirik Lagu Timro Aankha Swoopna Suman

Gabung member, untuk simpan koleksi lirik lagu favorit anda Disini

आऊ मेरो नजिक, हाम्रो धड्कन साँटि हेरै
तिमी सुन, म सुनाउन्छु मन भरिका मेरा मायाका धुनहरू
तिम्रो आँखामा डुबि हेर्दा मेरै आकृति भेटाए
तिम्रो ओठलाई चुमी हेर्दा मायाको अर्थ थाहा पाए
तिम्रो हातलाई थामी बस्दा साथको अर्थ थाहा पाए
भन्नु मेरो यति नै हो तिमिलाई अब
मन मेरो आत्तेको बेलामा हाँसो तिम्रै साहारा बनोस
गर्मीले सताउदा तिम्रै केशको शीतल छाहारी मिलोस
दिनलाई घाम, रातलाई जुन झैँ मलाई तिम्रो भर

हो, अंगालो तिम्रै होस् मेरो थाकेर पुग्ने घर
हो, अंगालो तिम्रै होस् मेरो थाकेर पुग्ने घर

आऊ मेरो नजिक, हाम्रो धड्कन साँटि हेरै
तिमी सुन, म सुनाउन्छु मन भरिका मेरा मायाका धुनहरू

रुखो-रुखो मेरो जीवनमा आयौ तिमी बर्खाको शीतल झरी बनि
माया यति घेरै माया नदेऊ तिमी मेरो मुटुले थाम्नै नसक्ने गरी
ओ-हो-हो-हो, जे छ मेरो सबै तिमी नै हैउ
सधैं भरी यसै गरी माया गर
छौ तिमी सधैं नै सँगै यो आशा होईन भरोसा मेरो
दुई चार वर्षको होईन यो नाता हाम्रो जुगै जुगको हो
एक्लो यो मनको अब तिमी बिना को नै छ र?

हो, अंगालो तिम्रै होस् मेरो थाकेर पुग्ने घर
हो, अंगालो तिम्रै होस् मेरो थाकेर पुग्ने घर

आऊ मेरो नजिक, हाम्रो धड्कन साटि हेरै
तिमी सुन, म सुनाउन्छु मन भरिका मेरा मायाका धुनहरू
 

 
  Swoopna Suman   Reposted by Admin  155x     2024-12-23 12:08:38

post a comment