Lirik Lagu Sapana Ko Mayalu The Elements

Gabung member, untuk simpan koleksi lirik lagu favorit anda Disini

कोरेछु चित्र तिम्रै, तिमी हाँसिदेऊ
पोखेको शब्द समेट्दैछु, सुनिदेऊ
नाता यो चित्तको, आँखाले नै बुझिदेऊबुझाउनै सकिनँ, इशाराले नै बुझिदेऊ

नहोला तिम्रो सपनाको मायालु म
निन्द्राले सताए, लोरी सुनाइदिन्छु म
नसकुँला तिमीलाई फूलले सजाउन
तिम्रो मन दुखे, तिम्लाई गीत गाइदिई फकाउँछु म

तिम्रो मागेको हात, तिम्ले त मुटु नै सुम्पिदियौ
तिम्ले मागेको तारा, ढिलो भो, एकछिन पर्खिदेऊ
सात जुनी बिताउँने कसम पो खाएको
हराइसकेको थिएँ, धन्नै तिम्लाई पाएको

नहोला ठूला महल जत्रै घर यो
सिरानी बन्दिन्छु, मात्र तिमी पल्टिदेऊ
नसकुँला तिमीलाई फूलले सजाउन
तिम्रो मन दुखे, तिम्लाई गीत गाइदिई फकाउँछु म

नहोला तिम्रो सपनाको मायालु
 

 
  The Elements   Reposted by Admin  116x     2024-12-23 12:13:44

post a comment