Lirik Lagu Saathi Yama Buddha

Gabung member, untuk simpan koleksi lirik lagu favorit anda Disini

ऊ मेरो बाल्यकाल देखिको मिल्ने साथी
हाम्रो मित्रता अरु सम्बन्ध भन्दा माथी
हामी सहर घुम्न जान्थ्यौ राति राति, भागी भागीघरमा आमा बुवा लाई ढाँटी
मर्न र मार्न तयार एक अर्कोको लागि
सधै संगै बस्थ्यौ स्कुल पढदा हामी
दुबै न जाने यदि एउटा बिरामी
जे पनि बाडने हाम्रो राम्रो थियो बानी
उस्ले एक दिन चुरोट सल्काइ सोध्यो, "ओए खाने?"
मैले पनि ताने संकोचै नमानी
दिन बित्दै गयो अनि लाग्यो त्यसको बानी
बिस्तारै कुलतमा फसियो जानी नजानी
गाँजा अनि गोटि सामान र पानी
यो पछि त्यो, त्यो पछी त्यो दामि
झ्याप नभइ दिन पनि राम्रै नलाग्ने
त्यसपछी फेरि कहिल्यै उस्तै रहेनौ हामी

नहोला सँगै आज तँ र म तर
तेरो सम्झना यो मनमा छ
साथ छोड्ने छैन भन्थ्यौँ कहिल्यै
तर साथी निकै एक्लो छु अहिले
नहोला सँगै आज तँ र म तर
तेरो सम्झना यो मनमा छ
साथ छोड्ने छैन भन्थ्यौँ कहिल्यै

तर साथी निकै एक्लो छु अहिले

यसरी नै लागूपदार्थमा डुब्दै गयौ
गलत निर्णय खराब परिणामको शिकार भयौ
कतिलाई कुट्यौ, लुट्यौ, कतिलाई ठग्यौँ
घरमा आफ्नै आमाबुबा सँग झर्क्यौ
आफैमा लड्यौ तर खान छोडेनौ
बिस्तारै हामी एकअर्का सँगै बोलेनौ
सोध्ने गर्थे साथीभाइले हाम्रो बारेमा
ऊ बिना मलाई एक रती राम्रो लागेन
अब सबै त्याग्ने मैले बाचा गरे
बाहिर ननिस्कि कोठा भित्र सुतेर बसे
बिस्तारै म पढाइ तिर अघि बढे
सुन्ने गर्थे ऊ अझै त्यस्तै छ भन्ने
एक दिन अचानक उसको भाई म सँग रुन लाग्यो
मेरो मनमा विभिन्न प्रश्नहरु उठ्न थाल्यो

उ अघिल्लो रात अस्पतालमा बित्यो रे
म माथि आकाश खस्यो, म बेहोसिए

नहोला सँगै आज तँ र म तर
तेरो सम्झना यो मनमा छ
साथ छोड्ने छैन भन्थ्यौँ कहिल्यै
तर साथी निकै एक्लो छु अहिले
नहोला सँगै आज तँ र म तर

तेरो सम्झना यो मनमा छ
साथ छोड्ने छैन भन्थ्यौँ कहिल्यै
तर साथी निकै एक्लो छु अहिले

विभिन्न प्रश्नहरुको उत्तर खोज्छु म
If You Never Sort It Out, Take A Bit, सोच्छु म
सायद हाम्रो दोस्ती पनि एउटा मिसाल हुन्थ्यो
तेरो मेरो साथ हाम्रो मनोबल विशाल हुन्थ्यो
हार पनि जीत, जीत पनि हार हुन्थ्यो
घर व्यवहार हुन्थ्यो सम्पन्न सुखी परिवार हुन्थ्यो
दु: ख सुख मा सङ्गै रोईन्थ्यो हासिन्थ्यो
तँ र म दाजुभाई जसरी बाँचिन्थ्यो
के लानुछ जिन्दगी दुई दिनको नासो हो
तँ चाडैँ गईस तर एक दिन म पनि आउँछु
शान्त सुन्दर संसारमा त्यो बादल पारिको
जित्नु भन्दा ठूलो कुरो हिम्मत नहार्नु हो

त्यसैले लड्दै छु संघर्ष गर्दै छु
तँ कस्तो छस साथी म सन्चै छु
तेरो याद आयो अनि सम्झेर बस्दै छु
हामी फेरि भेटछौ भनी दिन गन्दै छु, अँ

नहोला सँगै आज तँ र म तर
तेरो सम्झना यो मनमा छ
साथ छोड्ने छैन भन्थ्यौँ कहिल्यै
तर साथी निकै एक्लो छु अहिले
नहोला सँगै आज तँ र म तर
तेरो सम्झना यो मनमा छ
साथ छोड्ने छैन भन्थ्यौँ कहिल्यै
तर साथी निकै एक्लो छु अहिले
 

Sumber & Catatan Lirik

Lirik lagu ini disusun berdasarkan sumber yang tersedia di internet untuk tujuan referensi dan edukasi. Jika kamu ingin mengetahui info lebih lanjut tentang pencipta ataupun penyanyinya, silakan klik tautan di bawah ini:

Tautan di atas akan membuka hasil pencarian Google tentang pencipta dan penyanyi dari lagu ini.

 
  Yama Buddha   Reposted by Admin  164x     2024-12-23 12:16:54

post a comment