Lirik Lagu Galli Sadak Vten
मेरो बानी बेहोराले यहाँ सब कुरा फरक पार्छ
जब हान्न थाल्छु Rap, एक्कासि रगत तात्छकिनकी मेरो कहानीको सुरुआत भो गल्ली र सडकबाट
कसैलाई मद्दत मागेन, लागेँ म आफ्नै बाटोमा
Wanted मा छ रे मेरो नाम पत्रिकाले खबर छापेछ
त्यसको केही मतलब लागेन (के?)
हेर्दिन समाचार म
Encounter हान्ने सोचि राछस्, मुजी, खबरदार तँ
इज्जत गर् भेट्लास् फेरि
मेरो Gang छ नेपाल भरि
तँ जस्तो हैन म हिँड्छु सबैलाई राम्रो व्यवहार गरी (सही हो)
केटाहरू सब भेज्जा छ नि
मेरो Gang छ नेपाल भरि
राई, लिम्बू, तामाङ, मगर, गुरुङ, नेवार धरि
मुजी, हेर्, म जाँदिन जेल
मलाई खेल्नु छैन त्यो कवाडी सरकारी राजनीतिक खेल (खेल्दिँन म)
हँ, खाते, आफूलाई त्यहाँ राखेर हेर्
मलाई के ल्याङ हान्छस्?
चाहेँ भनेँ, मुजी, उल्टै तँलाई हाल्दीन्छु जेल
चुपचाप लागी बस्दिँन म, पुगि सक्यो मलाई मस्ती गर्न
गाँजा-गोटी साथामा, रक्सी टन्न, म त Charge हिँड्दै थिएँ अस्ति सम्म (झ्याप)
छप्किसँग मस्ती गर्न, हिँड्दै थिएँ गजेडी Junkie तालमा
यस्तै हो खातेको परिभाषा, म हल्लीदै निस्कन् थिएँ गल्लीबाट
सल्किराछ गाँजा र Pollen को धुवाँले दिमाग चल्दिराछ
भेजा साइको अतिभाछ, ज्यान सुकेर जिउ हड्डिमात्र
लगाछ महँगो घडि हातमा
के बितिराछ घरपरिवारमा केहि थाहा छैन त्यसैले दिक्क लाग्छ
मन लाग्दैन यो कुरा सम्झिराख्न
छोडि सकेँ मैले गाँजा फुक्न, गोटी च्यापन
केटाहरूले भन्छ, "तँलाई Cops ले खोजिराछ"
Rap हान्छस् तर किन बेसी बोली राछस्?
होस् गर्, केटा, नत्र तैँले गोली खान्छस्
अपराधी सरकारले पाल्या छ
भात खुवाउदै मजाले राख्याछ
बिग्रेको समाजको दोस मेरो टाउकोमा खन्याउदै हाल्याछ
के गर्न खोजेको थाहा छैन (खै)
जेल हाल्याछ मलाई समातेर
के फाइदा छ र मलाई यहाँ नेर यो बिग्रिसकेको समाज बिगारेर
मेरो टाउकोमा लाग्याछ दस वटा Case (case)
मलाई मन पर्दैन त्यो गाढा निलो कलरको Dress (dress)
मेरो जिन्दगी खाते जस्तो भाछ सक्छस् भने मुजी हेर्
आफ्नै घरमा डर लाग्छ आजकल समस्या हुँदैछ धेर
हेर्, सपनाहरू धेरै छ नि, जान दिन्न हुन्न खेर पनि
काम छैन यहाँ लाटा जस्तो ट्वाल्ल पर्दै परि हेरेर नि
तँ छस् लक्ष्यको धेरै नजिक, हुनेछ अवश्य तेरो नै जित
दाइहरूले केही गर्याछ, भाइ, त्यो इतिहासलाई त हेरेर सिक्
जो गर्न खोज्छ यहाँ राम्रो काम, त्यही नर्क जान्छ
मेरो बानी बेहोराले यहाँ सब कुरा फरक पार्छ (फरक पार्छ)
जब हान्न थाल्छु Rap, एक्कासि रगत तात्छ
किनकी मेरो कहानीको सुरुआत भयो गल्ली र सडकबाट
जो गर्न खोज्छ यहाँ राम्रो काम, त्यही नर्क जान्छ
मेरो बानी बेहोराले यहाँ सब कुरा फरक पार्छ
अपराधी हिँड्छ खुलेआम यहाँ बलात्कार छ
किनकी मेरो कहानीको सुरुआत भयो गल्ली र सडकबाट
Sumber & Catatan Lirik
Lirik lagu ini disusun berdasarkan sumber yang tersedia di internet untuk tujuan referensi dan edukasi. Jika kamu ingin mengetahui info lebih lanjut tentang pencipta ataupun penyanyinya, silakan klik tautan di bawah ini:
Tautan di atas akan membuka hasil pencarian Google tentang pencipta dan penyanyi dari lagu ini.
post a comment